सन् २०३४ को विश्वकपको आयोजना साउदी अरेबियाले गर्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १५, बुधबार

साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने तयारी गरेको छ ।
अष्ट्रेलियाले आफ्नो नाम फिर्ता लिएपछि साउदी अरेबिया, फिफा विश्वकप २०३४ आयोजनाको लागि नाम पठाउने एक्लो एसियाली देश बनेको हो ।
मंगलबार आयोजना दाबीको घोषणा गर्ने अन्तिम मितिभन्दा केही घण्टाअघि मात्र फुटबल अष्ट्रेलियाले आफ्नो निर्णय सार्वजनिक गरेको हो ।
फुटबल अस्ट्रेलियाको एक विज्ञप्ति जारी गर्दै ‘हामी २०३४ प्रतियोगिताको लागि दाबी नगर्ने निष्कर्षमा पुगेका छौं,’ भनिएको छ ।
फुटबल अष्ट्रेलियाले सन् २०२६ मा एएफसी महिला एसियन कप र २०२९ मा क्लब विश्वकप आयोजना गर्न आफ्नो प्रयास केन्द्रित गर्न चाहेको बताएको छ ।
सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ । २०३० को विश्वकपका खेल मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा गरी ६ देशमा हुनेछन् ।
फिफाले २०३४ को विश्वकप एसिया वा ओशिनियामा हुने बताएको थियो ।
अष्ट्रेलियाको दाबीलाई साउदी अरेबियाको एक मात्र सम्भावित चुनौतीको रुपमा मानिएको थियो ।
Categorized in स्पाेर्ट्सمــعـــًا سنــحــقــق حـلــمــنــا #السعودية2034 | #Saudi2034 pic.twitter.com/hdAVGSvrwF
— السعودية 2034 (@Saudi2034WC) October 31, 2023
