देशभर थप ५,०८७ मा देखियो कोरोना सङ्क्रमण
SamacharDesk – समाचारडेस्क | २०७८ पौष ३०, शुक्रबार

गत २४ घण्टामा २० हजार ५६० नमूना परीक्षण गर्दा थप ५,०८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज जारी कोभिड–१९ सम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार पीसीआर विधिबाट १३ हजार ४७४ नमूना परीक्षणमा ४,२०४ जनामा र एन्टिजेन विधिबाट ७,०८६ नमूना परीक्षणमा ८८३ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
यससँगै पीसीआर विधिबाट परीक्षणमा हालसम्मको कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ४५ हजार ५०१ पुगेको छ । यस्तै, एन्टिजेन विधिबाट परीक्षणमा १ लाख १०८ जना पोजिटिभ देखिएको छ ।
Categorized in राष्ट्रिय