arin enterprises

थुनुवालाई भगाई फरार रहेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

SamacharDesk | २०८० माघ १२, शुक्रबार

उपत्यका अपराध अनुसन्धान कार्यालयलले फरार रहेका प्रहरी जवानलाई सार्वजनिक गरेको छ ।

लागुऔषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका हुन् । तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई पथरावुधाम ३ रौतहट निवासी रहेको प्रहरीले बताएको छ ।

उनले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकाली फरार गरेको अभियोगमा १६ वर्षपछि भारत सिमानाको काँकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

उनलाई आवश्यक कारबाहीको लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ भने निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने बताइएको छ । 

तत्कालीन समयमा एक करोडबाट शुरु गरी १० लाखमा डिल गरी ६ लाख २५ हजार निजले पाएको प्रहरीले बताएको छ ।

पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको छ ।

Categorized in अपराध