arin enterprises

पार्टी रक्षाका लागि तयार रहन बस्नेतको युवाहरुलाई निर्देशन

SamacharDesk – बिराज | २०७८ आषाढ ३, बिहिबार

राष्ट्रिय यूवा संघका यूवाहरुले नेकपा एमालेका सांसदलगायत विभिन्न भातृ संगठनका पदाधिकारी सदस्यहरुलाई भेटघाट गरेको छ ।

युवा संघका पदाधिकारी, सदस्यहरुले सांसद महेश बस्नेत, संघका नवनियुक्त केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय महासचिव रमेश आचार्यलगायतलाई भेटघाट गरेको हो ।

भेटघाटको क्रममा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको थियो भने संघको क्षेत्र नम्बर ८ को १५ वडा कमिटीका युवाहरुले संक्रमणको अवस्थामा गर्दै आएको राहत र सहयोगको गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा राष्ट्रिय युवा संघ नेपालका इन्चार्जसमेत रहेका सांसद महेश बस्नेतले पार्टी रक्षाको लागि युवा संघका युवाहरु जस्तोसुकै परस्थितिमा पनि परिचालन हुन तयार रहन निर्देशन दिए ।

युवा संघका नवनियुक्त केन्द्रिय अध्यक्ष पौडेलले अब संघले राजनीतिको साथै समाजिक, खेलकुद, संगीत क्षेत्र तिर पनि अभिप्रेरित गनुपर्ने सुझाव दिए ।

युवा संघका केन्द्रिय सदस्य साथै क्षेत्र नं ८ का उत्प्रेरक निसारउद्दिन, संघ कामपा १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल पनि आ–आफ्नो विचार राख्नुका साथै गतिविधिहरुको बारेमा जानकारी गराए ।

केन्द्रीय अध्यक्ष पौडेलले राहतलगायत विभिन्न सामाजिक काममा लागेका युवाहरुलाई  सुरक्षित रहँदै अघि बढ्न सुझाव दिँदै पिपिइ १० जोर पनि प्रदान गरेका थिए ।

भेटघाटको क्रममा नेकपा एमाले काठमाडौं महानगर सदस्य लक्ष्मण शाही, उद्दव खड्गी, युवा संघ कामपा १५ वडा कमिटीका उपाध्यक्ष नियाज उद्दिनलगायतको उपस्थिती थियो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082