मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारद्वारा मुद्दा दायर
SamacharDesk | २०८० फाल्गुण ७, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा भ्रष्टाचार गरेको भन्दै १८ जना विरुद्ध भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता गरेको छ ।
आयोजनाका तत्कालिन अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिवलगायतले ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै १८ जनालाई विपक्षी बनाएर आरोप पत्र दर्ता गरेको छ ।
आईतवार आयोगले विशेष अदालतमा अनुसन्धान पूरा गरी मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आरोपपत्र दर्ता गरेको छ ।
भ्रष्टाचार मुद्दा दायर गरेको बारेमा विशेष अदालतका प्रवक्ता एवं सूचना अधिकारी धनबहादुर कार्कीले मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आरोप पत्र दायर भएको बताउनु भयो ।
उहाँले तीन जना मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका तत्कालीन सचिव तीन जना रहेको बताउनु भयो ।
उहाँले डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर तीन जना पूर्वसचिव सहित दुई जना विदेशी परामर्श दाता र एक जना निर्माण व्यवसायी विदेशीसहित जम्मा १८ जनालाई विपक्षी बनाएर विभिन्न फरक—फरक व्यक्तिलाई फरक—फरक बिगोको मागदाबी गरिएको बताउनु भयो ।
पूर्वसचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलको हकमा छुट्टै बिगो मागदाबी रहेको र उनीहरुलाई ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ ९६ पैसा रहेको बताउनु भयो ।
त्यस्तै मेलम्ची खानेपानीका तत्कालीन अध्यक्ष÷खानेपानी सचिव भीमप्रसाद उपाध्यायको हकमा ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ८२ पैसा रहेको बताउनु भयो ।
Categorized in राष्ट्रिय