arin enterprises

चिनियाँ अन्तरीक्ष यात्री ६ महिनापछि पृथ्वीमा अवतरण

SamacharDesk | २०७९ बैशाख ४, आइतबार

चीनको नयाँ अन्तरीक्ष स्टेशनबाट ६ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ ।

सन् १९५७ मा सोभियत संघले स्पुत्निक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष तथा राष्ट्रपति माओत्सेतुङले चीनले भूपउप्रह बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो ।

राष्ट्रपति सी जिनपिङका अनुसार चीनको ‘विशेष सपना’ को योजनालाई निरन्तरतामा राखिएको छ । बेइजिङले वर्षौंदेखिको अन्तरिक्ष यात्राको प्रयासमा कोसेढुङ्गा सावित भएपछि अन्ततः अन्तरीक्ष यात्राको अभियानमा संयुक्त राज्य अमेरिका र रूससँग प्रतिस्पर्धामा पुग्ने प्रयास गरिरहेको छ ।

अन्तरिक्ष स्टेशनबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ र देशको राष्ट्रिय अन्तरिक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चालकरहित चन्द्र मिशन सुरु गर्नु रहेको बताएको छ ।

Categorized in अन्तर्राष्ट्रिय