arin enterprises

नेवार समुदायहरु म्हः पूजा गरिंदै

SamacharDesk | २०८१ कार्तिक १७, शनिबार

नेवार समुदायहरु आज बेलुकी म्हपूजा गरिंदैछ ।

आफ्नो प्रतिरुप मानेर मण्डल बनाई सोही मण्डलमा पूजा बनाई म्हपूजा गर्ने गरिन्छ । म्हः पूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो।

हरेक वर्ष नेपाल संवत सुरु हुने दिन नेवार सम्प्रदायमा म्हः पूजा गरिन्छ। आफू नै सबैभन्दा ठूलो चिज हो, त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ। म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा हो। आफू भएपछि मात्र संसार हुन्छ भन्ने मान्यता स्वरुप म्हः पूजा गरिन्छ ।

पानी, तेल, चामलको पीठो अथवा रेखीले मण्डल लेखी सो मण्डलमा मास, कालो भटमास, अक्षता आदि सामग्रीहरु राखेर मण्डल बनाइन्छ ।

घरको मुली महिला ‘नकिं’ले सबैलाई टिका लगाइदिनुका साथै अण्डा, मासको वः, मासु, सुकेको माछा र मद्यसहित सगुन दिन्छिन् ।

चन्द्रमानको आधारमा आजको दिन नयाँ वर्षको सुरुवात हुन्छ । वर्षको अन्तिम दिन आफ्नो घरजग्गाको साथमा लेनदेनको कागजात, पैसा, गरगहना आदि राखेर लक्ष्मीपूजा गर्दै पुरानो वर्षलाई विदाई गरिन्छ ।

त्यस्तै वर्षको पहिलो दिन आउँदा दिनमा आफ्नो कर्तव्य पूर्तिको क्रममा रोगव्याधी आदिले कुनै वाधा अवरोध नपुर्याउन् भन्ने कामनासहित अण्डा सगुन लिएर मण्डल पूजा गर्दै म्हपूजा गर्ने गरिन्छ ।

Categorized in संस्कृति
SKIP THIS tihar2082