arin enterprises

आज ५९औं राष्ट्रिय बाल अधिकार दिवस

SamacharDesk | २०८० भाद्र २९, शुक्रबार

५९ औँ राष्ट्रिय बाल अधिकार दिवसको नारा नै ‘बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज् मनाईंदैछछ ।

विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालले संयुक्त राष्ट्रसङ्घीय बाल अधिकार महासन्धि–१९८९ लाई अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ ।

त्यही दिनको स्मरणमा हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । तर बाल अधिकार संरक्षणको प्रतिबद्धता जनाएको तीन दशक बढी हुँदासमेत राज्यले बालबालिकाको अधिकार सुनिश्चित गराउन भने सकेको छैन ।

नेपालको संविधान र कानूनले बाल अधिकारकालाई मौलिक हकको रूपमा व्याख्या गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गिण विकासको हक सुनिश्चित गरेको छ ।

बालबालिका देशका कर्णधार भन्ने गरिन्छ तर देशका कर्णधारलाई बनाउन लगानी चाहिन्छ । त्यसैले यस वर्षको नारा समेत सोही अनुरुप बालबालिकामा लगानी बढाउने खालको रहेको छ ।

सङ्घीयताको कार्यान्वयनसँगै बाल अधिकारका पक्ष स्थानीय तहमा सरेको छ । त्यसरी सर्दा बालबालिकामा हुने लगानी खुम्चिएको अनुभव गरिएको छ । बालबालिकाका लागि पालिकाले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बाल अधिकार नै सङ्कुचित बन्दै गएको छ ।

सरकारले बालबालिकाको अधिकार संरक्षण र संवर्धनका क्षेत्रमा मोटो रकम लगानी गरे पनि सबै बालबालिकाले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सहज पहुँच पाएका छैनन्स स्वास्थ्यमा पहुँच नभएर मर्नुपरेको छस बालविवाह, हिंसा, शोषण र यौन दुव्र्यवहार बढेको छ ।

सडकमा आइपुग्ने र सडकदेखि जोखिमपूर्ण क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या घटेको छैन । बरु नयाँ जनगणना अनुसार बालबालिकाको जनसङ्ख्या नै घट्दै गएको छ । 

२०६८ को जनगणना अनुसार १४ वर्षमुनिका बालबालिकाको जनसङ्ख्या ९२ लाख ४८ हजार २४६ अर्थात् ३४.९१ प्रतिशत थियो । त्यो अहिले घटेर ८१ लाख १५ हजार ५७५ अर्थात् २७।८३ प्रतिशतमा झरेको छ । 

सरकारले पाँच वर्षअघि ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन,’ भन्ने अभियान चलाए पनि अहिले पनि सडकमा अलपत्र बालबालिका छँदै छन् ।

नेपाल सरकारले बालबालिकाको लागि थुप्रै हकको प्रत्याभूति गरे पनि कार्यान्वयनको पाटो फितलो भइदिंदा कैयौं बालबालिका आफ्ना अधिकारबाट वञ्चित छन् ।

अझै पनि सवारी साधन, होटल तथा रेस्टुरेन्ट, उद्योग, व्यापार व्यवसायहरू तथा घरायसी कामकाजमा बालबालिकाले सस्तो मूल्यमा श्रम बेच्न तथा दुव्र्यवहार भोग्न बाध्य छन् ।

कतिपय बालबालिकाले सडकमै दिनरात बिताएका छन् । कति बालबालिका सामाजिक अपराधका पीडित र पीडक बन्न पुगेका छन् ।

Categorized in राष्ट्रिय