देउवालाई रामचन्द्रको बधाई
SamacharDesk – बिकाश | २०७८ आषाढ २८, सोमबार

सर्वोच्च अदालतले दुई दिन भित्रमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई बधाई दिएका छन् ।
ट्वीटरमा ट्वीट गर्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवालाई बधाई दिएका हुन् । साथमा उनले सर्वोच्चका न्यायमूर्तिलाई धन्यवाद पनि दिएका छन् ।
‘यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई !’ पौडेलले लेखेका छन् ।
सोही ट्वीटमा नेता पौडेलले संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको बताउँदै संविधान रक्षा गर्ने आफुरुको अभियान सफल भएको दावीसमेत गरेका छन् ।
Categorized in राजनीतिसंविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ ।
— Ram Chandra Paudel (@NcPaudel) July 12, 2021
यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई !
