arin enterprises

एएफसी एसियन कप प्रतियोगिता आजवाट

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २७, शुक्रबार

एएफसी एसियन कप प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।  एसियाली फुटबलको सबैभन्दा ठूलो यस प्रतियोगिता आजवाट कतारमा सुरु हुनलागेको हो ।

गत वर्ष हुनु पर्ने एसियन कप एक वर्ष ढिला भएकाले प्रतियोगिताको नाम २०२३ एएफसी एसियन कप राखिएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजना हुने यो प्रतियोगिता एसियन कपको १८औँ संस्करण हो ।

यस प्रतियोगितामा २४ टिमबीच प्रतिस्पर्धा हुनेछ । सन् २०१९ मा भएको पछिल्लो संस्करणको उपाधि कतारले जितेको थियो । 

प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक कतार र लेवनानबीच लुसेल रंगशालामा खेल हुनेछ।

यो मैदानमा २०२२ को विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच खेल भएको थियो ।

समूह विभाजन

समूह ए –  कतार, चीन, ताजिकिस्तान, लेवनान

समूह बी – अस्ट्रेलिया, उज्वेकिस्तान, भारत, सिरिया

समूह सी – इरान, युएई, हङकङ, प्लेस्टाइन

समूह डी – जापान, इन्डोनेसिया, इराक, भियतनाम

समूह ई – दक्षिण कोरिया, मलेसिया, जोर्डन, बहराइन

समूह एफ –  साउदी अरेबिया, थाइल्यान्ड, किर्गिस्तान, ओमान 

Categorized in स्पाेर्ट्स