arin enterprises

इंग्ल्यान्ड माथि अफ्गानिस्तानको ऐतिहासिक जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २८, आइतबार

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफ्गानिस्तानले ऐतिहासिक जित निकालेको छ । आइतबार भएको खेलमा अफ्गानिस्तानले साविक विजेतालाई इंग्ल्यान्डलाई हराउँदै विश्वकप इतिहासमा ऐतिहासिक जित हात पारेको हो ।

दिल्लीमा भएको यस खेलमा अफ्गानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले पराजित गर्यो । अफ्गानिस्तानले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४०.३ ओभरमा २ सय १५ रन बनाउँदै अलआउट भयो ।

इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान डविड मलानले ३२ रन जोड्दा अर्का ओपनर जोनी बारयस्टो २ रनमै आउट भएका थिए ।

जोए रुट ११ रन र कप्तान जोस बटलर ९ रनमै आउट भएको थियो । ह्यारी ब्रुकले ६६ रन जोड्दा लियाम लिभिङस्टोन र साम करन १०–१० रनमा आउट भयो ।

क्रिस ओएक्सले ९ रन, अदिल रसिदले २० रन र मार्क उडले १९ रनमा आउट भए ।

बलिङमा अफगानिस्तानका रासिद खान र मुजीब उर रेहमानले समान ३/३ विकेट लिँदा नाबीले २ विकेट हात पारे । फझलहक फारूखी र नवीन–उल–हकले एक\एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको अफगानिस्तान एक बल खेल्न बाँकी छदा २८४ रनमा अलआउट भयो ।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरवाजले ८० रन जोडे। उनले ५७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

इक्रम अलिखिलले अफगानिस्तानका लागि महत्वपूर्ण ५८ रनको योगदान दिए । उनले ६६ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

इब्राहिम झदरान र मुजीब उर रहमानले समान २८/२८ रन जोड्डा रसिद खानले २३ अंक जोडे । बलिङमा इंग्ल्यान्डका अदिल रसिदले ३ र मार्क उडले २ विकेट लिए ।

यस्तै जोए रुट, लियाम लिभिङ्गस्टोन र रीस टपलीले एक\एक विकेट चट्काए ।

जारी विश्वकपमा तीन खेलमा इंग्ल्यान्डको यो दोस्रो हार हो। अघिल्ला दुई खेलमा पराजित भएको अफगानिस्तानको भने पहिलो जित हो ।

Categorized in स्पाेर्ट्स