प्रहरी अतिरिक्त महानिरीक्षक थापा फ्रान्स प्रस्थान
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ माघ २८, सोमबार

फ्रान्सको लियोनमा आयोजना हुन लागेको २०औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा त्यसतर्फ प्रस्थान गरेको छन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा हुन लागेको कन्फरेन्समा भाग लिन प्रहरी अतिरिक्त महानिरिक्षक थापा नेतृत्वको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उक्त कन्फरेन्समा मुख्य रूपमा ‘बालबालिकाविरुद्ध अपराधको परिदृश्य’ विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा छलफल हुने बताइएको छ ।
इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूका एनसिबि प्रमुखहरु, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुनेछ ।
साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा क्षमता विकास र निर्माणका विषयहरूमा एशिया र दक्षिण प्रशान्त क्षेत्रीय गोलमेच सम्मेलन गर्ने कार्यक्रम समेत रहेको छ ।
इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने यो कन्फरेन्स यस वर्ष सन् २०२५ फेब्रुअरी ११ देखि १३ सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ ।
कन्फरेन्समा प्रहरी उपरीक्षक कोमल शाहको समेत सहभागीता रहनेछ ।
Categorized in राष्ट्रिय