arin enterprises

इजरायलमा एयर इण्डियाको सबै उडान रद्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २२, सोमबार

एयर इण्डियाले इजरायलमा सबै उडान रद्ध गर्ने निर्णय गरेको छ ।

भारतले आफ्नो राष्ट्रिय ध्वजावाहक जहाज इजरायलको सहर तेल अवीवमा एक साताका लागि आफ्ना सबै उडान रद्ध गर्ने निर्णय गरेको हो ।

एयरलाइन्सका  एक प्रवक्ताका अनुसार इजरायल सरकार र हमासबीच आक्रमण सुरू भएपछि यात्रु र चालक दलको सुरक्षालाई ध्यानमा राख्दै तेल अवीवका लागि सबै उडान अक्टोबर १४ सम्मका लागि रद्ध गरिएको भारतीय संचारमाध्यमले जनाएको हो ।

यस अवघिमा टिकट बुक गरिसकेका यात्रुहरुलाई सहयोग उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यस आक्रमणबाट हालसम्म ६ सय जनाले ज्यान गुमाइसकेका छन् भने करिब ३ हजार बढी घाइते भएको जनाइएको छ ।

Categorized in स्पाेर्ट्स