स्पेनसँगै स्कटल्याण्ड पनि युरोकपमा छनोट
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २९, सोमबार

स्पेन र स्कटल्याण्ड युरोकप २०२४ मा छनोट भएका छन् । स्पेनले समूह ए को खेलमा नर्वेलाई हराएपछि स्पेनसँगै स्कटल्याण्ड पनि युरोकपमा छनोट हुन पुगेको हो ।
आईतबार भएको नर्वे विरुद्धको खेलमा स्पेनले नर्वेलाई १–० ले हराएको हो । स्पेनको लागि गाभीले दोस्रो हाफको सुरुवातमै निर्णायक गोल गरेको थियो ।
अब नर्वे युरोकपमाछनोट हुन अब प्लेअफको बाटोमात्र बाँकी छ । त्यसका लागि नर्वेले तेस्रो स्थानमा रहेर समूह जीबाट सर्बिया छनोट भएको कामना गर्नुपर्ने हुन्छ ।
यो अघि नर्वे सन् २००० मा मुख्य प्रतियोगितामा देखिएको थियो ।
समूह एमा स्पेन र स्कटल्याण्डको समान १५ अंक भएको छ ।
एक खेल अघि बढेको नर्वे १० अंक सहित तेस्रो स्थानमा छ ।
जर्जिया ७ अंक सहित चौथों र साइप्रस शुन्य अंक सहित पुछारमा छ ।
Categorized in स्पाेर्ट्स