arin enterprises

’अमेरिकाय् नेवाः’को एक सय अंक पूरा

SamacharDesk – बिराज | २०७८ कार्तिक १०, बुधबार

नेपालभाषा टाइम्स अमेरिकाले संचालन गर्दै आएको भर्च्युअल टक शो ‘अमेरिकाय् नेवाः’ को एक सय भाग पूरा भएको छ । कार्यक्रमको एक सय भाग पुगेको अवसरमा अमेरीकामा एक भव्य समारोहको आयोजना गरीएको छ ।

कार्यक्रमको सय भाग पूरा भएको खुसियाली मनाउन नेपालबाट हास्यसम्राट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अमेरिका पुगेका थिए । कलाकार श्रेष्ठले नेपालबाट अमेरिका पुगी कार्यक्रममा प्रमुख अतिथिको रुपमै भाग लिएका थिए ।

उनले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटनसमेत गरे ।

कार्यक्रममा अमेरिकाय् नेवाःका निर्माता तथा प्रस्तोता प्रविन ताम्राकारले कार्यक्रमकोसय अंक पार गरेकोमा खुसी व्यक्त गर्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको प्रोग्राम डारेक्टर ग्ल्यामर फोटोग्राफीमा ख्याति कमाएका वरिष्ठ फोटाग्राफर राजीव श्रेष्ठ हुन् ।

Categorized in समाज