arin enterprises

विश्वकप २०२६ छनोटमा अर्जेन्टिना विजयी, ब्राजिल बराबरीमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २६, शुक्रबार

फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी हुँदा ब्राजिल बराबरीमा रोकिएको छ ।

शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । अर्जेन्टिनाको जितमा निकोलास ओटामेन्डीले गोल गरे ।

ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । उनको यहि गोल निर्णायक सावित भयो ।

यता ब्राजिललाई भेनेजुएलाले १–१ गोलको बराबरीमा रोकेको छ । ब्राजिलका लागि गाब्रियल जेससले ५० मिनेटमा गोल गरेका थिए ।

तर खेल सकिन ५ मिनेट बाँकी छँदा भेनेजुएलाका बेलोले बराबरी गोल फर्काउँदै ब्राजिलको ब्राजिललाई अंक बाँड्न बाध्य बनाए ।

छनोटको अंक तालिकामा अर्जेन्टिना ९ अंक जोड्दै शीर्ष स्थानमा रहदा दोस्रो स्थानमा झरेको ब्राजिलको ७ अंक छ ।

Categorized in स्पाेर्ट्स