arin enterprises

प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा

SamacharDesk | २०८० चैत्र २५, आइतबार

ब्राइटनलाई हराउँदै आर्सनल इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ ।

गएराति ब्राइटनको मैदानमा भएको खेलमा आर्सनल ३–० ले विजयी भयो । आर्सनलका लागि बुकायो साका, काइ हाभर्ट्ज र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ४–२ ले हरायो । सिटीका केभिन डे ब्रायनले दुई गोल गर्दा रिको लेविस र अर्लिङ ब्रट हाल्याण्डले एक एक गोल गरे । पराजित टोली प्यालेसका जिन फिलिप माटेटा र इडुवार्डले एक एक गोल फर्काए ।

गएराति भएका प्रिमियर लिगका अन्य खेलहरुमा एस्टन भिल्ला र ब्रेन्टफोर्डले ३–३ गोलको बराबरी खेल्दा वेष्ट ह्याम युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले तथा लुटन टाउनले बर्नमाउथलाई २–१ ले पराजित गरे ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ३१ खेलबाट ७१ अंक जोडेको आर्सनल शिर्ष स्थानमा उक्लिंदा एक खेल कम खेलेको लिभरपुल ७० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानको म्यान्चेस्टर सिटीको पनि ७० अंक छ ।

Categorized in स्पाेर्ट्स