अमेरिकाको आश्ले ब्राण्डका फर्निचर नेपाली बजारमा
SamacharDesk | २०८१ बैशाख ७, शुक्रबार

अमेरिकाको नम्बर वान ब्राण्डका फर्निचर नेपालमा पनि उपलब्ध हुने भएको छ ।
अमेरिकी फर्निचर कम्पनी एश्लेको काठमाडौंको टेकुमा पहिलो आउटलेट खोली विक्री वितरण शुरु गरेको हो । शुक्रबारबाट नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता एसएन जोशी एण्ड सन्स् कम्पनी प्राइभेट लिमिटेडले उक्त कम्पनीको सामग्रीहरु नेपालमा भित्र्याएको हो ।
टेकुमा रहेको आउटलेटमा एश्ले ब्राण्डका सोफा, बेडरुम, किचेनलगायतका घरमा आवश्यक पर्ने सामाग्रीहरु राखिएको छ । यसका साथै होम डेकोरकालाई चाहिने विभिन्न किसिमका सामानहरु पनि राखिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बिक्री वितरण सुरु भएको अवसरमा एक सातासम्म विभिन्न छुट तथा अफरहरु पनि दिएको छ । सन् १९४५ मा स्थापित आस्ले घरायसी फर्निचरका लागि विश्वकै सबैभन्दा ठूलो उत्पादक रहेको दाबी गरिएको छ ।
विश्वका १ सय ६० मुलुकमा आफ्ना उत्पादन बिक्री गर्दै आएको आस्लेको ६६ मुलुकमा ११ सय वटा आफ्नै शोरुम रहेका छन् ।
नेपालका लागि आस्ले फर्निचरको आधिकारिक वितरक एस.एन जोशी एण्ड सन्स् रहेको छ । यो शोरुम एस.एन जोशी अन्तर्गत्को होम कम्फर्टस्ले सञ्चालनमा ल्याएको हो ।
आफ्ना उत्पादन आकर्षक डिजाइनसहित उच्च कोटीका हुने कम्पनीको दाबी छ ।
Categorized in बिजनेस