arin enterprises

एकदिवसीय विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २९, सोमबार

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अष्ट्रेलियाले आफ्नो पहिलो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो ।

श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेटको गुमाउँदै पूरा गर्‍यो  । 

अष्ट्रेलियाका लागि जोस इंग्लिसले सर्वाधिक ५८ रन र मिचेल मार्सले ५२ रन र योगदान दिए ।

मार्नस लाबुस्कागनेले ४० रन जोड्डा मर्कस स्टोइनिसले नटआउट २० रन र ग्लेन म्याक्सवेलले नटआउट ३१ रन जोडे । डेविड वार्नर र स्टीभ स्मीट सस्तैमा समेतिए ।

श्रीलंकाका दिलसान मधुसंकाले ३ विकेट लिँदा डुनिथ वेललेजले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३.३ ओभरमा २ सय ९ रनमा अलआउट भयो ।

श्रीलंका लागि ओपनरद्वय पाथुन निसंकाले ६१ रन र कुशल परेराले ७८ रन जोडे । दुईबीच पहिलो विकेटका लागि २१.४ ओभरमा १२५ रनको साझेदारी भयो ।

चरिथ असलंकाले ३९ जोड्डा श्रीलंकाका अरु ब्याटसम्यानहरु भने सस्तैमा आउट भयो ।

बलिङमा अष्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिन सफल भए । कप्तान प्याट कम्मिन र मिचेल स्टार्कले समान २ २ विकेट लिँदा ग्लेन म्याक्सवेलले १ विकेट हात पारे ।

यो जितसँगै अष्ट्रेलियाले तालिकामा २ अंक जोड्डै आठौँ स्थानमा उक्लिएको छ । यस्तै  श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित हुँदै अंक विहिन छ ।

Categorized in स्पाेर्ट्स