अष्ट्रेलिया लगातार दोस्रो पटक पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २५, बिहिबार

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अष्ट्रेलिया लगातार दोस्रो पटक पराजित भएको छ ।
पहिलो खेलमा आयोजक टिम भारतसँग पराजित भएको पाँच पटक विश्वकप विजेता अष्ट्रेलिया बिहीबार साउथ अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको हो ।
लखनउमा भएको खेलमा साउथ अफ्रिकाले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४०.१ ओभरमा १ सय ७७ रनमै अलआउट भयो ।
अष्ट्रेलियाका लागि मार्नस लबुसेनले ४६ रन जोड्दा अन्य ब्याटर सस्तैमा समेतिए ।
बलिङमा साउथ अफ्रिकाका कागिसो रबडाले ३ विकेट लिए भने मार्को जनसेन, केशव महाराज र तब्राइज शाम्सीले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अफ्रिकाले ७ विकेटको क्षतिमा ३ सय ११ रन जोड्यो ।
साउथ अफ्रिकाका लागि ओपनर क्वान्टिन डि ककले १ सय ९ रन जोड्डै शतकीय पारी खेले । उनले १ सय ६ बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए ।
यस्तै एडिन मक्रमले ५६, टेंबा बावुमाले ३५, हेनरिक क्लासेनले २९ रन जोड्डा मार्को जानसेन र रस्सी भान डर डुसेनले समान २६/२६ रनको योगदान दिए ।
बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।
यो साउथ अफ्रिकाको लगातार दोस्रो खेलमा जित हो । यसअघि पहिलो खेलमा साउथ अफ्रिकाले श्रीलंकामाथि १ सय २ रनको जित निकालेको थियो ।
योसँगै साउथ अफ्रिका अंक तालिकाको शीर्ष स्थानमा उक्लीएको छ । उसले २ खेलमा ४ अंकसँगै २.३६० रनरेट जोडेको छ ।
पराजित अष्ट्रेलिया –१.८४६ रनरेटसँगै नवौं स्थानमा अंक रहित छ ।
Categorized in स्पाेर्ट्स