म्याक्सवेलको सनसनीपूर्ण शतकसँगै अष्ट्रेलिया विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर १३, बुधबार

टी ट्वान्टी सिरिजमा अष्ट्रेलियाले भारतलाई हराएको छ । ग्लेन म्याक्सवेलको अर्को सनसनीपूर्ण शतकमा अष्ट्रेलियाले भारतलाई ५ विकेटले हराएको हो ।
सिरिजमा फर्कन अष्ट्रेलियालाई जित्नैपर्ने दबाब भएको खेलमा म्याक्सवेल एक्लै चम्किएर १ सय ४ रनको शतकिय पारि खेले ।
मंगलबार भएको खेलमा उनले ४८ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै १ सय ४ रनको शानदार पारि खेल्दै र अष्ट्रेलियालाई जित दिलाए । अन्तिम ओभरमा २१ रन चाहिएको अष्ट्रेलियाका लागि म्याक्सवेलले ३ चौका र १ छक्का प्रहार गरे । अन्तिम बलमा २ रन चाहिएको समय म्याक्सवेलले चौका प्रहार गर्दै जित निकाले ।
यो जितसँगै अष्ट्रेलियाले पाँच म्याचको सिरिजमा तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ ।
यद्यपी भारत भने सिरिजमा २–१ ले अघि छ ।
ओपनर ट्रेविस हेडले ३५ रन बनाएको अष्ट्रेलियन इनिङ्समा म्याथ्यु वेडले अविजित २८ रनको योगदान दिए ।
भारतका रवि बिशोनीले २ तथा अश्रदीप सिंह, अभिस खान र अक्षर पटेलले समान समान एक एक विकेट लिए ।
सुरुवाती ब्याटिङ गरेको भारतले तेस्रो खेलमा समेत ३ विकेट गुमाएर २ सय २२ रनको विशाल स्कोर खडा गरेको थियो ।
भारतका रितुराज गायवाडले अविजित १ सय २३ रन बनाएको इनिङ्समा कप्तान सुर्यकुमार यादवले ३९ रन जोडे ।
जसमा तिलक वर्माले ३१ रनको अविजित पारी खेलेका थिए ।
सिरिजको चौथों खेल राइपुरमा शुक्रबार हुनेछ ।
Categorized in स्पाेर्ट्स