arin enterprises

बझाङमा भूकम्पको धक्का

SamacharDesk | २०८१ पौष २, मंगलबार

बझाङमा भूकम्पको धक्का महसुस भएको छ।

आज साँझ बझाङको धामेना केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो ।

केन्द्रका अनुसार मंगलबार १७ः०७ मिनेटमा तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो।

भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताउनुभयो।

यसअघि पनि बझाङको रायाल केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Categorized in राष्ट्रिय
SKIP THIS tihar2082