लउवा संघमा बज्राचार्य निर्वाचित
SamacharDesk – बिराज | २०८० आश्विन २१, आइतबार

ललितपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिवार सम्पन्न संघको ४४औं साधारण सभाबाट बज्राचार्य अध्यक्षमा निर्वाचित भएका हुन् ।
६४६ मत ल्याउँदै बज्राचार्य अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी रुपकमान महर्जनले ५५२ मत प्राप्त गरे ।
अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार रबिन्द्रराज ताम्रकारले २२८ मत पाए । संघको नेतृत्वको लागि बज्राचार्य र महर्जन प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए भने ताम्रकारले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
बरिष्ठ उपाध्यक्षमा महर्जन प्यानलका सुसन महर्जन ७४८ मतसहित विजयी हुँदा उद्योग उपाध्यक्षतर्फ बज्राचार्य प्यानलका आपु लाल अवाले ७१८ मत ल्याउँदै निर्वाचित भए ।
बाणिज्य उपाध्यक्ष र संस्थागत उपाध्यक्षमा महर्जन प्यानलकै क्रमशः सुनिल शाक्य, र रमेश सिं महर्जन निर्वाचित भए ।
महासचिव पद बज्राचार्य प्यानलकै पोल्टामा परेको छ । महासचिव पदमा भुमी नन्द कर्मचार्य ८६० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी महेश श्रेष्ठले ५३० मत प्राप्त गरेका थिए ।
कोषाध्यक्ष पदमा महर्जन प्यानलका राजु महर्जन ७१९ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी मिलन शाक्यले ६७६ मत पाए ।
उद्योगतर्फ सदस्यमा महर्जन प्यानलबाट अनिल महर्जन, गुण केशरि ताम्राकार, र सुदिक्षा डंगोलको साथमा बज्राचार्य प्यानलबाट प्रबिण ताम्रकार, प्रबिण बज्राचार्य र सजना श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै बाणिज्यतर्फको सदस्यमा प्रशम राज बज्राचार्य, राजेश राज बज्राचार्य, बिमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, बिक्रम बज्राचार्य र महेश्वर लाल खोसिं निर्वाचित भए भने संस्थागत सदस्यमा पूर्ण बहादुर महर्जन विजयी भएका छन् ।
एशोसियट सदस्यमा रबि महर्जन भने निर्बिरोध निर्वाचित भएका छन् ।
Categorized in बिजनेस