कीर्तिपुर ४ मा नेपाली कांग्रेसका बानियाँ विजयी
SamacharDesk – बिराज | २०८१ मङ्सिर १७, सोमबार

आइतबार सम्पन्न उप निर्वाचनको क्रममा कीर्तिपुर नगरपालिका वडा ४ मा पनि नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन् ।
स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) लाई २४७ मतले पछि पार्दै नेपाली कांग्रेसका बानियाँ विजयी भएका हुन् । नेपाली कांग्रेसका महर्जनले ७४२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार खड्काले ४९५ मत प्राप्त गरे ।
नेकपा माओवादी (केन्द्र) का उम्मेदवार नारायण विष्टले २८७ मत प्राप्त गरे भने नेकपा (एमाले) का बद्री बुढाथोकीले १५४ मत पाए ।
कीर्तिपुर वडा १ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार इच्छा कुमार महर्जन विजयी भएका छन् ।
२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस वडाबाट स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी निर्वाचित भएका थिए । २०८० बैसाख १० गते आइतबारका दिन दुर्घटनामा परी उनको निधन भएपछि यहाँ उप निर्वाचन गरिएको हो ।
यो पनि पढ्नुहोलाः कीर्तिपुर १ वडामा नेपाली कांग्रेसका महर्जन विजयी
Categorized in स्थानीय