arin enterprises

बार्सिलोनाको पुनरागमण बराबरी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २२, सोमबार

स्पेनिस ला लिगामा बार्सिलोनाले पुनरागमण बराबरीमा खेलेको छ । आईतबार भएको खेलमा बार्साले ग्रानाडासँग २–२ गोलको बराबरी खेलेको हो ।

ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा अग्रता खेल सुरु भएको १७ सेकेन्डमा ब्रायन जरागोजाको गोलमा घरेलु टोलीले लिएको थियो । उनैले २९ औं मिनेटमा ग्रानाडाको अग्रता दोब्बर बनाएका थिए ।

यहि दुई गोलको अग्रतालाई उल्ट्याएर बार्सिलोनाले अंक खोस्न सफल भएको हो ।

पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका युवा खेलाडी यामलले गोल गर्दै गोल अन्तरलाई घटाएका थिए ।

योसँगै यामल ला लिगाको इतिहासमा सबैभन्दा कम उमेरको गोलकर्ता बनेको छ । उनको उमेर १६ वर्ष ८७ दिनको रहेको छ ।

खेल सकिन ५ मिनेट अघि सर्जी रोबर्टोले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

बार्सिलेना ९ खेलबाट २१ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । 

रेलिगेशन जोनको ग्रानाडा ६ अंक सहित पुछारदेखि दोस्रो स्थानमा छ ।

यस्तै जिरोना २२ अंक सहित दोस्रो र रियल म्याड्रिड २४ अंक सहित शीर्ष स्थानमा छ ।

Categorized in स्पाेर्ट्स