बार्सिलोना बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २१, सोमबार

स्पेनिस लिगमा बार्सिलोना गोल रहित बराबरीमा रोकिएको छ । आईतबार एथलेटिको बिल्बावसँग बार्सिलोनाले गोल रहित बराबरीमा अंक बाँडेको हो ।
बार्साले घरेलु टोली बिल्बावमाथि दवाव कायमै राखेपनि गोल गर्न भने असफल रह्यो । बिल्बावका गोलरक्षकर युनाइ साइमनले रक्षात्मक रुपमा शान्दार प्रर्दशन गरेका थिए ।
यस बराबरीको नतिजाले बार्सिलोना लिगको तेस्रो स्थानमा रह्यो । बार्साले २७ खेलमा ५९ अंक जोडेको छ ।
त्यस्तै बिल्बावले समान खेलमा ५० अंक जोड्डै तालिकाको पाँचौं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स