arin enterprises

केनको गोलमा बायर्न विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १३, आइतबार

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । शनिबार आरबी आईपेजिगलाई बायर्नले २–१ ले हराएको हो ।

बायर्नलाई जिताउन दुवै गोल ह्यारी केनले गरे । उनले खेलको ५६ औं मिनेटमा बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा केनले विजयी गोल गरेका थिए ।

केनले यस सिजनमात्र २७ लिग गोल गरेका छन् । सबै प्रतियोगितामा उनको गोल संख्या ३१ पुगेको छ ।

यसअघि ७० औं मिनेटमा बेन्जामिन सेस्कोले बराबरी गरेका थिए । पछिल्ला तीन लिग खेलमा बायर्नको यो पहिलो जित हो ।

बायर्न लिग लिडर बायर लिभरकुसेन भन्दा अझै ८ अंकले पछि छ ।

बुन्डेसलिगाको पछिल्लो ११ सिजन बार्यन लगातार च्याम्पियन बनेको थियो । यस सिजन भने बायर्न उपाधिबाट बिमुख हुने देखिएको छ । 

Categorized in स्पाेर्ट्स