arin enterprises

बियोन्सीको ‘ल्यासे पाउँ’ बजारमा

SamacharDesk – बिराज | २०७८ बैशाख १७, शुक्रबार

‘फुलबुट्टे सारी’ को कभर गाएर नेपाली संगीत क्षेत्रमा चर्चामा आएकी अफ्रिकी गायिका बियोन्सीको नयाँ नेपाली गीत सार्वजनिक भएको छ ।

बियोन्सीको साथमा राजन राज सिवाकोटीले गाएको गीत ‘ल्यासे पाउँ’ आज यूट्युबमार्फत सार्वजनिक भएको हो ।

गीतमा बियोन्सी नेवाः पहिरन हाकु पतासिमा देखिएकी छन् । गीतको छायाङ्कन भक्तपुर दरवार स्क्वाएर क्षेत्रमा गरिएको छ ।

देवीथान म्यूजिक यूट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ । गीत प्रिमियर भएको ५ घन्टामा १० हजार ५ सयभन्दा बढि भ्यूज पुगिसकेको छ ।

गीतको रचना मन्दिरा ढुङ्गेलले गरेकि छन् भने संगीत राजन राज सिवाकोटीकै रहेको छ ।

राजेश पुमा राईले निर्देशन गरेको म्यूजिक भिडियोको छायाङ्कन उत्सव दाहालले र दृश्य सम्पादन विकास दाहालले गरेका छन् ।

Categorized in पेजथ्री