arin enterprises

भैरव (राम महर्जन)को अन्तिम क्षण : फोटो फिचर

श्वेतकाली (नरदेवी) १२ बर्षे जात्राको क्रममा गत पुस १८ गते बुधवार बेलुकी र १९ गते विहिबार विहान मंगलबजारको कात्ति डबलीमा देवगणको नृत्य प्रस्तुत गरिएको थियो ।

यसै क्रममा विहिवार विहान भैरवको रुपमा नृत्य गरिरहेका राम महर्जन नाच्दानाच्दै कात्ति डबलीमै ढलेका थिए ।

मर्हजन यसरी ढलेपछि उनलाई तत्कालै अस्पताल लगिएपनि अस्पताल पुग्दा चिकित्सकले उनको निधन भइसकेको घोषणा गरे ।

भैरव बनेका राम महर्जनको कात्ति डबलीमा प्रस्तुत गरिएको त्यहि नृत्य नै उनको जीवनको अन्तिम प्रस्तुति अन्तिम नृत्य बन्न पुग्यो ।

के थाहा, त्यसरी नाच्दानाच्दै उनको निधन हुनेछ ।

उनको जीवनको त्यो अन्तिम नृत्य समाचारडेस्कका फोटो सम्पादक आकाश राजोपाध्यायको क्यामेरामा कैद भयो ।

हेर्नुहोस राम महर्जनको भैरवको रुपमा प्रस्तुत गरिएको अन्तिम नृत्यको फोटोहरु ।

पुरा समाचार पढ्न यहाँ क्लिक गनुहोस् ।