arin enterprises

बीर अस्पताल अब कोभिड अस्पतालको रुपमा संचालन हुने

SamacharDesk – बिकाश | २०७७ भाद्र २१, आइतबार

नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएर आइसोलेसनहरु भरिँदै गएको अवस्थामा बीर अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गरिने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आइअएस) को आज बसेको वैठकले बीर अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

नेपालको सबैभन्दा पुरानो अस्पताल बीर अस्पतालले कोभिड अस्पतालको रुप लिने भएपछि त्यहाँबाट दिइँदै आएको नियमित स्वास्थ्य सेवा भने राष्ट्रिय ट्रमा सेन्टरबाट संचालन गरिने भएको छ ।

यसको साथै विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्यका विभिन्न विधाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यकता अनुसार स्वयम्सेवकका रुपमा कोभिड १९ रोकथाम गर्नका लागि खटाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड रोकथामका लागि आवश्यकता अनुसार विद्यार्थीहरुसँग सम्झौता गरेर स्वयम्सेवकको रुपमा कार्य गर्ने गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

त्यसैगरी कोभिडको सन्दर्भमा राष्ट्रिय मार्गचित्र निर्धारण गर्नका लागि प्रमुख विशेषज्ञ डा. महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ ।

समितिमा एचटिएसि एक विज्ञसहित नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट डा. प्रदिप ज्ञवाली र स्वास्थ्य विपद् आपतकालीन व्यवस्थापन इकाईबाट एक जना सदस्य सचिव रहने छ ।

त्यस्तै सबै सरकारी प्रयोगशालाहरुले परिक्षण गर्ने नमूना संख्याको ५० प्रतिशत नेपाल सरकारको मापदण्डमा नपरेकाहरुको परिक्षण गर्न चाहेमा आफ्नै खर्चमा सशुल्क परिक्षण गर्न अनुमति दिने पनि निर्णय आइसीएसले गरेको छ ।

परिक्षणमा प्रयोग हुने रिएजेन्ट, भिटिएम, अस्पताल तथा ल्याब आफैले खरीद गरी संचालन गर्नुपर्ने बताइएको छ ।

साथै त्रिवि शिक्षण अस्पताल, धुलिखेल अस्पताल लगायतका अस्पतालमा ६० बेडको आइसीयू संचालनका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

Categorized in समाज