arin enterprises

रगतको अभाव न्यूनीकरणका लागि धमाधम रक्तदान कार्यक्रम

SamacharDesk – बिकाश | २०७७ भाद्र १९, शुक्रबार

आज कीर्तिपुरमा दोश्रो दिनको आकस्मिक रक्तदान सम्पन्न भएको छ ।

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) कीर्तिपुर नगर समिति, नेरेसो कीर्तिपुर उपशाखा तथा नयाँबजार क्लबको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

अहिलेको परिस्थितीलाई भिड नहुने गरी छुट्टाछुट्टै तीन स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

पांगाको भएको रक्तदानमा ५१ युनिट, नयाँबजारमा ३९ र चिठुविहारमा २२ युनिट गरी ११२ युनिट रगत संकलन भएको आयोजकले जानकारी दिएको छ । 

कार्यक्रममा ८१ जना पुरुष र ३१ जना महिलाले रक्तदान गरेका थिए ।

त्यस्तै आजै ब्लोदान ललितपुर जिल्ला गोदावरी नगर समितिको आयोजनामा छम्पिमा भएको रक्तदान कार्यक्रममा जम्मा ५२ युनिट रगत संकलन भएको जनाइएको छ ।

ब्लोदानले विभिन्न संघसंस्थासंग सहकार्य गर्दै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी गराएको छ । 

यसबाट रगत आवश्यक पर्ने विरामीहरुलाई सहजरुपमा रगत उपलब्ध गराउन सहयोग पुगेको पनि ब्लोदानको भनाई थियो ।

Categorized in समाज