बजेटप्रति अध्यक्ष ओलीको असन्तुष्टि
SamacharDesk | २०८१ जेठ १९, शनिबार
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
आफ्नो दल मुख्य घटक रहेको सरकारले ल्याएको बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श नै नगरी बजेट ल्याइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले आर्थिक वर्ष २०८१–८२ को बजेटबारेमा पर्याप्त परामर्श हुन नपाउँदा धेरै महत्त्वपूर्ण विषय छुटेको बताउनुभएको छ ।
शनिवार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याउनुभएको टिप्पणी पनि गर्नुभयो ।
बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उहाँले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गर्नु यो ।
अध्यक्ष ओलीले बजेटमा कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकारले प्रतुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताउनु भयो ।
Categorized in राजनीति