बुर्किना फासोस्थित चर्चमा आतंकवादी हमला हुँदा १५ को मृत्यु
SamacharDesk | २०८० फाल्गुण १४, सोमबार

उत्तरी बुर्किना फासोको एक चर्चमा अन्धाधुन्ध गोली चल्दा १५ व्यक्तिको मृत्यु भएको छ भने दुईजना भन्दा बढी घाइते भएको छ ।
डोरी सुबा चर्चमा प्रार्थना सभा भइरहँदा उक्त घटना घटेको हो । पादरी जिन–पियरे सवाडोगोले विज्ञप्तिमा जनाएअनुसार, फेब्रुअरी २५ मा आइतबारको प्रार्थनासभाका लागि जम्मा भएका एस्साकेन गाउँको क्याथोलिक समुदायका मानिसहरू आतङ्कवादी हमलाको शिकार भएको हो ।
उहाँले मर्नेहरूको सङ्ख्या १५ पुगेको र दुई जना घाइते भएको जानकारी दिनुभयो । हमला भएको एस्साकेन गाउँ मुलुकको उत्तरपूर्वी बुर्किनाफासो, माली र नाइजरको साझा सीमा नजिकै ‘तीन सीमा’ क्षेत्रका रूपमा चिनिन्छ ।
यो आक्रमण यस क्षेत्रमा सक्रिय जिहादी समूहहरूमाथि अत्याचारको शृङ्खलामा पछिल्लो हो । आक्रमणमा केहीले इसाई चर्चहरूलाई निशाना बनाएका छन् भने पादरीको समेत अपहरण गर्ने गरेका छन् ।
बुर्किनाफासो विशाल साहेल क्षेत्रको हिस्सा हो । यसलाई सन् २०११ मा लिबियाको गुहयुद्धपछि बढ्दो हिंसात्मक उग्रवादविरुद्धको लडाइँमा बन्द गरिएको छ ।
त्यसपछि सन् २०१२ मा उत्तरी मालीमाथि इस्लामवादीहरूले कब्जा गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय