रत्नशोभाको ‘छन्त नापलाय् सातकि’ को प्रिमियर भयो
SamacharDesk – बिराज | २०७७ चैत्र २३, सोमबार

नेपालभाषाको संगीत क्षेत्रमा चर्चित गायिका रत्नशोभा महर्जनको गीत सार्वजनिक भएको छ ।
गायिका महर्जन र सज्जु मानन्धरले गाएको नेपालभाषाको गीत ‘छन्त नापलाय् सातकि’ नेवाः टिभिमा प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा १३ का पुर्व वडा सदस्य समाजसेवी दिलबहादुर मानन्धरले संगीतमार्फत भाषाको उत्थानमा कलाकारहरुको योगदान प्रशंसनीय भएको धारणा राख्नुभयो ।
नेपालभाषाका पहिलो म्युजिक भिडियो निर्देशक विजयरत्न तुलाधरले प्रिमियर गरिएको गीतको समीक्षा गर्नुभयो ।
म्यूजिक भिडियोको निर्देशन सुरेन्द्र मानन्धरले गरेका छन् भने छायाङ्गन आयुष महर्जनले र दृश्य सम्पादन ईन्द्र मानन्धरले गरेका छन् । मोडलहरु किरण जोशी र नेन्सी महर्जनले अभिनय गरेका छन् ।
Categorized in पेजथ्री