सिटि दोस्रो स्थानमा, मैदान फर्के हालाण्ड
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १८, बिहिबार

म्यानचेस्टर सिटीका प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा बर्नलीविरूद्ध ३–१ को जित निकाल्दै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
सिटिलाई जिताउन एल्भारेजले दुई गोल गरे । उनले खेलको १६ र २२ औं मिनेटमा गोल गरेका थिए । यस्तै ४६ औं मिनेटमा रोद्रीले गोल गरे ।
बर्नलीका लागि अमिन अल दखिलले इन्ज्युरी समयमा गोल गरेको थियो ।
गएराति भएको यसखेलमा सिटिका स्ट्राइकर एर्लिङ हालाण्ड मैदान फर्किएका छन् । बर्नलीविरूद्धको खेलको ७१ औं मिनेटमा उनी मैदान प्रवेश गरेका हुन् ।
गत डिसेम्बर ६ मा भएको एस्टन भिल्लाविरूद्ध खेलमा घाइते भएका हालाण्ड २५ दिनपछि मैदान फर्किएका हुन् ।
दोस्रो स्थानमा उक्लिएको सिटीले २१ खेलमा ४६ अंक जोडेको छ ।
एक खेल बढी खेलेको लिभरपुल ५१ अंक सहित शीर्षस्थानमा रहेको छ र तेस्रो स्थानमा रहेको आर्सनलको ४६ अंक छ ।
Categorized in स्पाेर्ट्स