व्हाइटहाउसबाट क्यापिटल्स भवन घटनाको निन्दा
SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

व्हाइट हाउस प्रेस सेक्रेटरी क्याली म्याकएनीले अमेरिकी संसद भवन क्यापिटस हिल्समा भएको हिंसात्मक घटनाका निन्दा गरेकी छन् ।
अमेरिकी राष्ट्रपति जो बाईडेनको जित सदर गर्न संसद वैठक बस्दै गरेको बेला ट्रम्प समर्थकहरुबाट भएको हिंसात्मक झडपको सम्वन्धमा उनले पुरै व्हाइटहाउसको तर्फबाट यस घटनाको निन्दा गरेको बताएकी छन् ।
क्यालीले पत्रकारहरुको अगाडी बोल्दै यस घटनालाई ‘भयावह, निन्दनीय र अमेरिकी तरीकाको विपरीत’ बताएकी छन् ।
उनले प्रेसको कुनै पनि प्रश्नको उत्तर भने दिइनन् ।
Categorized in अन्तर्राष्ट्रिय