arin enterprises

भिनिसियसद्वारा सम्झौता नविकरण

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १५, बुधबार

रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरले क्लबसँगको सम्झौता नविकरण गरेका छन् ।

ब्राजिलीयन खेलाडिले क्लबसँग सन् २०२७ सम्म बस्ने गरि सम्झौता थपेका गरेका हुन् । २३ वर्षीय भिनिसियसको सम्झौता अर्को वर्ष सकिने क्रममा रहेको थियो ।

भिनिसियसले ट्वीटरमा फोटो राख्दै यस विषयमा जानकारी दिएका थिए ।

यस्तै रियलको अफिसल ट्वीटरमा एक भिडियो राख्दै भिनिसियसले भने “ म मेरो सम्झौता नवीकरण गर्न पाउँदा निकै खुसी छु । यो मेरो लागि सपना हो । मलाई आशा छ कि म यहाँ धेरै वर्षसम्म रहन सक्छु । क्लबमा धेरै गोलहरु गर्दै अरु धेरै उपाधि जित्न सक्छु । सधैं जस्तै स्नेह को लागी धेरै धेरै धन्यवाद ।”

उनले रियलका लागि २ सय ३५ खेलमा ६३ गोल गरेका छन् ।

यस्तै उनले रियलबाट ९ मुख्य उपाधि जितेका छन् । जसमा सन् २०२२ को च्याम्पियन्स ट्रफी समेत रहेको छ । 

भिनिसियस सन् २०१८ मा १८ वर्षको उमेरमा ३८ मिलियन पाउण्डमा फ्लेमेङ्गोबाट रियलमा आबद्ध भएका थिए ।

Categorized in स्पाेर्ट्स