arin enterprises

फेरी पर्सामै कोरोना संक्रमितको मृत्यु

SamacharDesk – बिकाश | २०७७ श्रावण १८, आइतबार

पर्साकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पर्सा जिल्ला वीरगंज महानगरपालिका १६ बस्ने ६१ वर्षीया महिलाको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरको छ ।

उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत १४ गते नारायणी वयोधा अस्पतालको आइसीयूमा भर्ना भएकि थिइन् ।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि हिजो उनलाई नारायणी कोभिड अस्पताल रिफर गरिएको थियो भने अस्पताल लग्दै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।

नारायणी कोभिड अस्पताल पुग्दा उनलाई मृत घोषणा गरिएको थियो ।

उनमा १६ गते कोभिड पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनी मधुमेह र उच्च रक्तचापको पनि समस्या रहेको थियो  ।

Categorized in समाज