arin enterprises

उपत्यकामा नयाँ संक्रमण दरमा केही कमी

SamacharDesk – बिकाश | २०७८ बैशाख २५, शनिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा संक्रमण दर केही घटेको देखिएको छ ।

हिजो थपिएका नयाँ संक्रमितमध्ये साढे ४५ प्रतिशत काठमाडौं उपत्यकाका थिए भने आज यो दर घटेर ३७ दशमलव ५६ प्रतिशत देखिएको छ ।

आज थप हुने नयाँ संक्रमितमा जम्मा ३ हजार ११३ काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ हजार २७०, ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ संक्रमित थपिएका छन् ।

हालसम्म उपत्यकामा १ लाख ७९ हजार २१० जना कोभिड १९ बाट संक्रमित भइसके ।

हाल काठमाडौं उपत्यकामा ३५ हजार ६७८ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ३४ हजार ७८ जना संक्रमित होम आइसोलेनमा छन् भने एक हजार ६ सय जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

२०८ जना आइसीयूमा उपचाररतमध्ये ९६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

उपत्यकामा पछिल्लो पटक २ हजार ४५ जना संक्रमित निको भएका छन् । उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ४२ हजार ३०७ जना संक्रमणमुक्त भइसकेका छन् ।

उपत्यकामा पछिल्लो २४ घन्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ६ जना, ललितपुरमा एक जना र भक्तपुरमा ४ जना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म उपत्यकामा कोरोना संक्रमणका कारण एक हजार २२५ जनाको मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय