काठमाडौं उपत्यकामा संक्रमण बढ्दो दरमा
SamacharDesk – बिकाश | २०७८ बैशाख २६, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ४७ दशमलव ८२ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् ।
पछिल्लो पटक नेपालमा थप हुने नयाँ संक्रमितमध्ये उपत्यकामा ४ हजार १९८ जना छन् । काठमाडौंमा ३ हजार १६१, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित थपिएका छन् ।
योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या एक लाख ८३ हजार ४०८ जना पुगेको छ ।
हाल उपत्यकामा ३७ हजार ५८२ जना सक्रिय संक्रमित उपचाररत छन् ।
तीमध्ये ३६ हजार १७६ जना संक्रमित होम आइसोलेसनमा छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत एक हजार ४०६ संक्रमितमध्ये १६९ जना आइसीयूमा छन् भने ७१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
उपत्यकामा पछिल्लो पटक एक हजार २०७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योँसगै उपत्यकामा कोरोना संक्रमण निको हुनेको कुल संख्या एक लाख ४३ हजार ५९४ पुगेको छ ।
गएको २४ घन्टामा काठमाडौंमा ६ जना र ललितपुरमा एक जना गरी उपत्यकामा ७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म उपत्यकामा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक हजार २३२ पुगेको छ ।
