उपत्यकामा ३ हजार ६०७ नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७८ बैशाख २७, सोमबार

पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये ३९ दशमलव ५२ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् ।
काठमाडौं उपत्यकामा ३ हजार ६०७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा २ हजार ७७५, ललितपुरमा ५०५ र भक्तपुरमा ३२७ जना नयाँ संक्रमित भेटिएका हुन् ।
योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या एक लाख ८७ हजार १५ पुगेको छ ।
हाल उपत्यकामा ३९ हजार ४६३ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ३७ हजार ८४५ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ६१८ विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
आइसीयूमा रहेका १७६ मध्ये ९५ जनालाई भेन्टिलेटरमा राखेर उपचारर गरिँदैछ ।
पछिल्लो २४ घन्टामा उपत्यकामा २ हजार ६७२ जना संक्रमित निको भएका छन् । हालसम्म उपत्यकामा एक लाख ४६ हजार २६६ जना संक्रमणमुक्त भइसकेका छन् ।
गएको २४ घन्टामा उपत्यकामा ५४ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ३७, ललितपुरमा १३ र भक्तपुरमा ४ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको हो । उपत्यकामा हालसम्म एक हजार २८६ जना कोभिड १९ संक्रमितको मृत्यु भइसकेको छ ।
