८ हजार १६७ संक्रमित थपिँदा ५ हजार ४५५ निको
SamacharDesk – बिकाश | २०७८ जेठ १, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार १६७ जना नयाँ संक्रमित भेटिएका छन् । १७ हजार ९७१ आरटी पिसिआर परिक्षणमा ८ हजार ४६ र ५७७ एन्टिजेन परिक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो ।
परिक्षण संख्याको आधारमा ४४ दशमलव ०३ प्रतिशतमा संक्रमण भेटिएको हो ।
थप हुने नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका १७८ जना बालबालिकाहरु छन् भने १० देखि १९ वर्ष उमेर समूहका ५०५ जना छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।
हाल एक लाख ९ हजार ७४० जना सक्रिय संक्रमित उपचाररत छन् । १ लाख १ हजार ७७१ जना होम आइसोलेसनमा छन् भने ७ हजार ९६९ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
आइसीयूमा भएका एक हजार ३३१ जनामध्ये ३७० जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
पछिल्लो पटक ५ हजार ४५५ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ६० हजार ८७४ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । संक्रमण निको हुनेको दर ७४ दशमलव ४० प्रतिशत रहेको छ ।
नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको संख्यासहित पछिल्लो २४ घण्टामा जम्मा १८७ जना संक्रमितको मृत्युको सूचना प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ संक्रमणका कारण हालसम्म ४ हजार ८५६ जना संक्रमितको मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय