arin enterprises

करीब साढे १२ हजार मात्र परिक्षण

SamacharDesk – बिकाश | २०७८ जेठ ३०, आइतबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ४०७ जना नयाँ संक्रमित भेटिएका छन् ।

जम्मा १२ हजार ४०६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा १९ दशमलव ४० प्रतिशतमा संक्रमण देखिएको हो ।

७ हजार ५१७ आरटी पिसिआर परिक्षणमा एक हजार ६९४ जनामा र ४ हजार ८८९ जनाको एन्टिजेन परिक्षणमा ७१३ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ४८ जना १० वर्षसम्मका बालबालिकाहरु छन् भने १७१ जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।

योसँगै नेपालमा कोभिड संक्रमण हुनेको कुल संख्या ६ लाख २८ हजार ९४२ पुगेको छ ।

हाल ६८ हजार ९५५ जना सक्रिय संक्रमित उपचाररत छन् । ६३ हजार ७४४ जना होम आइसोलेसनमा छन् भने ५ हजार २११ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् । आइसीयूमा रहेका एक हजार एक सय जनामध्ये ३४७ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो पटक ३ हजार ९९४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ५ लाख ३१ हजार १०५ जना संक्रमितले भाईरसलाई जित्दै संक्रमणमुक्त भइसके ।

थप ४६ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ । 

Categorized in राष्ट्रिय