२ हजार ८२८ संक्रमित थप, ३ हजार ८२ निको
SamacharDesk – बिकाश | २०७८ आषाढ २, बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ८२८ जना नयाँ संक्रमित थप भएका छन् ।
जम्मा १३ हजार २२ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २१ दशमलव ७१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
८ हजार ६८७ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार १४ जनामा र ४ हजार ३३५ जनाको एन्टिजेन परिक्षण गरिँदा ८१४ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ४९ जना १० वर्षसम्मका बालबालिका छन् भने ११ देखि २० वर्ष उमेर समूहका १८८ जना छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ ।
हाल ६२ हजार १३७ जना सक्रिय संक्रमित उपचाररत छन् । ५७ हजार ८२६ जना संक्रमित होम आइसोलेसनमा छन् भने ४ हजार ३११ जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा रहेका ९०२ जना संक्रमितमध्ये २७९ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म ४ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसके ।
थप ५२ जना संक्रमितको मृत्यु भएसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ ।
Categorized in राष्ट्रिय