२ हजार ६०७ संक्रमित थप, २ हजार १४१ निको
SamacharDesk – बिकाश | २०७८ आषाढ ३, बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ६०७ जना नयाँ संक्रमितहरु भेटिएका छन् ।
जम्मा १२ हजार ४८४ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २० दशमलव ८८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
७ हजार ७११ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ७६८ जनामा र ४ हजार ७७३ जनाको एन्टिजेन परिक्षणमा ८३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तीमध्ये ५८ जना १० वर्षसम्मका बालबालिकाहरु रहेका छन् भने १५६ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ६ लाख ४० हजार ४० पुगेको छ ।
हाल ६१ हजार ७२५ जना सक्रिय संक्रमित उपचाररत छन् । ५७ हजार ५३१ जना संक्रमित होम आइसोलेसनमा छन् भने ४ हजार १९४ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत ९१६ जनामध्ये २४९ जना भेन्टिलेटरमा छन् ।
पछिल्ला दिनहरुमा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढि रहेको अवस्थामा आज भने यो संख्या कम देखिएको छ ।
गएको २४ घण्टामा २ हजार १४१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ५ लाख ४५ हजार ६६२ जना संक्रमित संक्रमणमुक्त भइसके ।
थप ३९ जना संक्रमितको मृत्यु भएसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।
Categorized in राष्ट्रिय