arin enterprises

संक्रमित संख्या बढ्दै, निको हुने घट्दै

SamacharDesk – बिकाश | २०७८ आषाढ २३, बुधबार

नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ का नयाँ संक्रमितको संख्या बढ्दै गएको देखिएको छ ।

संक्रमण नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञा खुकुलो हुँदै गएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको पाइएको हो । पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा २५ प्रतिशत संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक जम्मा ११ हजार ८९८ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो ।

७ हजार ८३५ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार ७७ र ४ हजार ६३ एन्टिजेन परिक्षणमा ९०२ जना नयाँ संक्रमित भेटिएका हुन् । नयाँ संक्रमितमध्ये ७६ जना १० वर्षसम्मका बालबालिका छन् भने १९० जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ६ लाख ९० हजार ९७४ पुगेको छ ।

आज पनि नयाँ संक्रमित संख्याभन्दा निको हुनेको संख्या कम नै रहेको छ । पछिल्लो पटक जम्मा एक हजार ३३३ जना संक्रमित मात्र निको हुँदै डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित संक्रमणबाट मुक्त हुन सफल भइसकेका छन् ।

हाल २६ हजार ५४४ जना सक्रिय संक्रमित उपचाररत छन् । २३ हजार ७५६ जना संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ७८८ जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत ५७१ मध्ये १६१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

थप २८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २९१ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।

सबैभन्दा बढि वागमती प्रदेशमा ३ हजार ९८५ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा एक हजार ५५४ र प्रदेश एकमा एक हजार २३६ जना संक्रमितको मृत्यु भएको छ ।

Categorized in राष्ट्रिय