arin enterprises

संक्रमित संख्या दिनहुँ बढ्दाे दरमा

SamacharDesk – बिकाश | २०७८ आषाढ २६, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा करीब २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक जम्मा १० हजार ४१७ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा २ हजार १६९ जना मा संक्रमण पुष्टि भएको हो । ६ हजार ५३० आरटी पिसिआर परिक्षणमा एक हजार ३५३ र ३ हजार ८८७ एन्टिजेन परिक्षणमा ८१६ जना संक्रमित भेटिएका हुन् ।

तीमध्ये ५२ जना १० वर्षसम्मका बालबालिका छन् भने ११ देखि २० वर्ष उमेर समूहका १३० जना छन् । हालसम्म ६ लाख ९७ हजार २५७ जना कोभिड १९ बाट संक्रमित भइसके ।

कुल संक्रमितमध्ये ६ लाख १८ हजार ३६१ जना संक्रमित संक्रमणमुक्त भइसके । गएको २४ घण्टामा एक हजार ४३२ जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् ।

हाल २६ हजार ४८९ जना सक्रिय संक्रमित उपचाररत छन् । २३ हजार ५३९ संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ९५० जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् । आइसीयूमा उपचाररत ५४३ जनामध्ये १५५ जना भेन्टिलेटरमा छन् ।

थप २२ जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ३६२ जना पुगेको छ ।

Categorized in राष्ट्रिय