arin enterprises

परिक्षणको १९ दशमलव ८६ प्रतिशतमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७८ आषाढ २७, आइतबार

नेपालमा थप एक हजार ८३१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक ९ हजार २१८ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ५३५ आरटी पिसिआर परिक्षणमा एक हजार २३७ र ३ हजार ६८३ एन्टिजेन परिक्षणमा ५९४ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ४० जना १० वर्षसम्मका बालबालिकाहरु छन् भने ९२ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ७ लाखको नजिक पुगेको छ । हालसम्ममा ६ लाख ९९ हजार ८८ जना कोभिड १९ बाट संक्रमित भइसके ।

तीमध्ये ६ लाख १९ हजार ८९४ जना संक्रमित निको भइसके । पछिल्लो पटक एक हजार ५३३ जना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल २६ हजार १७३ जना सक्रिय संक्रमित उपचाररत छन् ।

२३ हजार ४७१ संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ७०२ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत ५५३ जनामध्ये १७५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

थप २० जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ३८२ पुगेको छ ।

Categorized in राष्ट्रिय