३ हजार १२५ संक्रमित थप, एक हजार ९२५ निको
SamacharDesk – बिकाश | २०७८ श्रावण १८, सोमबार

नेपालमा थप ३ हजार १२५ जना कोभिड १९ संक्रमितहरु भेटिएका छन् ।
जम्मा १३ हजार ८११ जनाको स्वाब नमूनाको परिक्षण गरिएको थियो । १० हजार ६१३ आरटी पिसिआर परिक्षणमा २ हजार २७९ जना र ३ हजार १९८ वटा एन्टिजेन परिक्षणमा ८४६ जना संक्रमित भेटिएका थिए ।
तीमध्ये १० वर्षसम्मका बालबालिका ५७ जना छन् भने ११ देखि २० वर्ष उमेर समूहका १८१ जना छन् । हालसम्म ७ लाख ६२ हजार ४३२ जना कोभिड १९ बाट संक्रमित भइसके ।
हाल नेपालभरी उपचाररत सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ । २८ हजार ४०५ जना होम आइसोलेसनमा छन् भने ३ हजार २२४ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत ६९० जनामध्ये १७५ जना भेन्टिलेटरमा छन् ।
गएको २४ घण्टामा एक हजार ९२५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ५८ हजार १२२ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन् ।
थप २३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै ९ हजार ८९८ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय