arin enterprises

५ हजार ७२७ जना नयाँ संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७८ बैशाख १७, शुक्रबार

नेपालमा थप ५ हजार ७२७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक गरिएको १५ हजार ३९१ आरटी पिसिआर परिक्षणमा ५ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो भने ५२५ एन्टिजेन परिक्षणमा ७० जना संक्रमित भेटिएका हुन् ।

परिक्षण संख्याको ३६ प्रतिशतमा संक्रमण देखिएको हो ।

पछिल्लो पटक संक्रमण पुष्टि हुनेहरुमध्ये ९ वर्षसम्मका १३९ जना छन् भने १० देखि १९ वर्ष समूहका ३६७ जना छन् ।

योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

हालसम्म २४ लाख ७३ हजार ९५६ वटा आरटी पिसिआर परिक्षण भइसकेको छ ।

हाल ३८ हजार ८१३ जना सक्रिय संक्रमित विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो पटक ९२८ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा २८ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हालसम्म ३ हजार २७९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

Categorized in राष्ट्रिय